१२ बालक तथा उनीहरुका फुटबल प्रशिक्षक जुन २३ मा अभ्यासपछि थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा घुम्न गए । घुम्नका लागि चिएङ्ग राईमा रहेको थाम लुुङ्ग गुफामा गएका उनीहरु हराए । उनीहरुलाई ९ दिनपछि सोमबार उद्धारका लागि खटिएको टोलीले जीवितै भेटेको छ ।

वर्षाको पानी गुफामा पसेपछि निकस्ने बाटो नहुँदा उनीहरु त्यहिँ फसेका थिए । उनीहरुको खोजीका लागि थाइल्याण्डको समुद्री तथा वायु सेनाले ठूलो अभियान चलायो । थाइल्याण्डको समुद्री सेनाले बालक तथा उनीहरुका प्रशिक्षक जीवित भेटिएको भिडियो जारी गरेको छ ।

तस्बिर : गेट्टी इमेज

बालक तथा उनीहरुका प्रशिक्षको साइकल गुफाको प्रवेशद्वारमा भेटिएको थियो । खोजीका लागि खटिएको टोलीले ११ देखि १६ वर्षका बालकको फुटबल टिम र उनीहरुका प्रशिक्षक गुफाको भित्र जीवित हुन सक्ने आशमा खोजी जारी राख्यो । बाढीको पानीले घेरिएको गुफामा कहिँ उनीहरुले सुरक्षित स्थान फेला पारेको आश थियो ।

थाइल्याण्डको समुद्री सेनाका गोताखोर, चारजना बेलायती गुफा गोताखोर र केही अमेरिकी सेनाका सदस्यले गुफाको भित्र पस्ने प्रयास गरे । थाम लुुङ्ग थाइल्याण्डका लामा गुफाहरु मध्ये चौथो नम्बरमा पर्छ । गुफामा पसेको पानी बाहिर फाल्नका लागि उद्योगमा प्रयोग हुने पम्प प्रयोग गरियो । तर लगातारको वर्षाका कारण समस्या कायमै रह्यो ।

तस्बिर : इपिए

गुफाको भित्र जाने अरु ठाउँको पनि खोजी भयो । गुफा भित्र पानीको अवस्था, गुफाको सुरक्षात्मक अवस्थासहितका जानकारीका लागि भित्र एउटा रोबर्ट पनि पठाइयो । त्यसले जानकारी बाहिर पठायो । खोजीका लागि तालिम प्राप्त कुकुरको पनि प्रयोग भयो ।

सोमबार उनीहरु जीवितै भेट्टिए । उनीहरु सबै सुरक्षित रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् । बेलायती खोजकर्ताले उनीहरुलाई फेला पारेका हुन् । गुफामा हराएकाहरुलाई फेला पारिए पनि अब उनीहरुलाई सुरक्षित रुपमा बाहिर कसरी निकाल्ने भन्ने चुनौती छ ।

तस्बिर : इपिए

गुफामा पानीको स्तर बढेको छ भने हिलो पनि धेरै छ । यसले गर्दा उनीहरुलाई बाहिर निकाल्न समस्या भइरहेको छ । उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्ने मार्ग फेला पार्नेमा उद्धारकर्मी आशावादी छन् ।

उनीहरु गुफाको ४०० मिटर भित्र छन् । यो हप्ताको सुरुमा थाइल्याण्ड पुगेको दुई बेलायती उद्धारकर्मी रिक स्टानटन र जोन भोलान्थेनले उनीहरुलाई भेट्टाएका हुन् । उनीहरु धेरै घण्टा लगाएकार सोमबार गुफामा हराएका बालकहरु नजिक पुगेका हुन् ।

उनीहरुको सुरक्षाका लागि देशभर प्राथना गरिएको छ भने विभिन्न परम्परागत संस्कारहरु पनि गरिएका छन् ।

तस्बिर : एएफपी
तस्बिर : गेट्टी इमेज
तस्बिर : एएफपी
तस्बिर : गेट्टी इमेज
तस्बिर : गेट्टी इमेज
तस्बिर : एएफपी
तस्बिर : एएफपी
तस्बिर : रोयटर्स
तस्बिर : रोयटर्स
तस्बिर : एएफपी