महाकाली पुलमा सवारीसाधन चलाउन रोक

फाईल तस्बिर

कञ्चनपुर – महाकाली नदीमा पानीको बहाव बढेपछि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक मंगलबार पनि यथावत रहेको छ ।

नदीमा पानीको बहाव बढेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइएको हो । मंगलबार बिहान ८ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एकलाख ४४ हजार ८७० क्युसेक पुगेको छ ।

नदीमा पानीको बहाव ८० हजार क्युसेकभन्दा बढी पुगेमा पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ । पुल पुरानो र जीर्ण भएका कारण भारतीय पक्षले पानीको बहाव बढेमा सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ ।

नदीमा पानीको बहाव घटने प्रतिक्षामा सवारीसाधन पुल वारी र पारी लाम लागेर बसेका छन् । पुलमा साइकल, मोटरसाइकल र पैदलयात्रुका लागि भने आवागमन खुला गरिएको छ ।

असार १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्