धनगढी – कैलालीको टीकापुर अस्पतालमा मंगलबार बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो ।

जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा मंगलबार बिहान यस्तो अनौठो बच्चा जन्माएकामा ११ बजेतिर बच्चाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्रकुमार खनालले जानकारी दिए ।

सोमबार राति बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो । ‘उहाँको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको थियो, डा. खनालले भने, तर बच्चा बँचेन ।’

शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

असार १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्