दार्चुलामा जिप दुर्घटना, सातजना घाइते

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका–७ धापबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको म १ ज २६८ नं को जिप दुर्घटना हँुदा त्यसमा सवार सातजना घाइते भएका छन् ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिप वडा नम्बर ७ मा रहेको मालिकार्जुन मावि धापको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी सोही ठाउँका १६ वर्षीय प्रतिभा जोशी र ४५ वर्षीय रमेश रैखोला गम्भीर घाइते भएका छन् ।
घाइतेमध्ये पाँचजनालाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि घर फर्काइएको छ भने गम्भीर घाइतेको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनीहरुलाई २४ घण्टासम्म लागि अस्पतालमा राख्नुपर्ने चिकित्सकले बताएका छन् ।

दुर्घटना के कति कारणले भयो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धानका लागि चालक भूपिराम महर र सहचालक नवीन विष्टलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

असार १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्