झिनो अंकले सेयर बजार उकालो

काठमाडौं- मंगलबार झिनो अंकले नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकममा भने बढ्न सकेन। साताको तेस्रो कारोबार दिन ०.६५ अंकले नेप्से परिसूचक उकालो लाग्दा २१ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।

बजार खुले देखि नै नेप्से परिसूचक स्थिर रहँदा दिनभरीमा १ सय ६२ कम्पनीको ९ लाख १५ हजार कित्ता सेयर खरिद बिक्रि भयो।

२ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको सिद्धार्थ बैंकको प्रमोटर सेयर धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।

नेप्से परिसूचक झिनो अंकले उकालो लाग्दा ‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स पनि ०.२२ अंकले उकालो लागेको छ।

मंगलबार विकास बैंक, हाइड्रोपावर, इन्स्योरेन्स र माइक्रोफाइनान्स उपसूचक ओरालो लाग्दा बैंकिङ, होटल, फाइनान्स, उत्पादनमुलक र अन्य उपसूचक उकालव लागेको छ।

असार १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्