७२ औँ जन्मदिन मनाउन पूर्वराजा भोलि नेपालगञ्ज पुग्दै

नेपालगञ्ज– पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार अपरान्ह नेपालगञ्ज आउने भएका छन्। पूर्वराजा शाहले नेपालगञ्जमै आफ्नो ७२ औं जन्मोत्सव मनाउँदै छन्।

नेपाल विद्यत परिषद्का केन्द्रीय उपाध्यक्ष एवं अधिवक्ता दीपकबहादुर सिंहका अनुसार राजाको जन्मोत्सव भब्य बनाउन तयारी गरिएको छ। सिंहकै अध्यक्षतामा श्री ५ वडामहाराजाधिराज ज्ञानेन्द्र बीर विक्रम शाहदेव सरकारको ७२ औं जन्मोत्सव नागरिक मूल समारोह समिति गठन गरिएको छ। सहअध्यक्ष भुवन श्रेष्ठ र कोषाध्यक्ष मख्खनकुमार नाग रहेको समितिमा यस क्षेत्रका ७ सय १ जना रहेका छन्।

असार १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्