विश्वकप फाइनलमा पुग्न इंग्ल्याण्डसँग ‘गोल्डेन चान्स’

इंग्ल्याण्डसँग रुसमा जारी विश्वकप फुटबलको फाइनलमा पुग्ने गोल्डेन चान्स अर्थात सुनौलो मौका रहेको म्यानचेस्टर युनाइटेडका पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्होले बताएका छन् ।

अन्तिम १६ अन्तर्गत कोलम्बियासँगको खेलमा टाइब्रेकरमा विजयी भएपछि इंग्ल्याण्डसँग फाइनलमा पुग्ने सक्ने सुनौलो मौका आएको मोरिन्होले बताएका हुन् ।

बुधबार राति भएको खेलमा निर्धारित र अतिरिक्त समयको खेलमा १–१ को बराबरी भएपछि इंग्ल्याण्डले टाइब्रेकरमा कोलम्बियालाई ४–३ ले पाखा लगाएको हो ।

इंग्ल्याण्डले विश्वकपमा भएका टाइब्रेकरमा जित निकालेको यो पहिलो पटक हो । अब इंग्ल्याण्डले आउने शनिबार क्वाटरफाइनलमा स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ ।

जितपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोरिन्होले इंग्ल्याण्डसँग जुलाई १५ मा मस्कोमा हुने विश्वकप फाइनलमा पुग्ने वास्तविक सम्भावना रहेको बताए । इंग्ल्याण्डले फेस गर्नु पर्ने टिम हेर्दा उसलाई सुनौलो मौका देखिएको उनको भनाई छ ।

असार २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्