मेगा बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबिच बैङ्कास्योरेन्स सम्झौता

काठमाडौँ – मेगा बैङ्क नेपाल लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबिच बैङ्क बैङ्कास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैङ्कको प्रधान कार्यालयमा मेगा बैङ्कका सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बैङ्कास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार, अब ग्राहकहरुले मेगा बैङ्कका देशभरिका शाखाबाट रिलायन्स लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।

यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैङ्कले विश्वास लिएको छ ।

असार २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्