
चर्चित बलिउड अभिनेत्री सोनाली बेन्ड्रेलाई क्यान्सर भएको छ। बेन्द्रेले सामाजिक सञ्जालमार्फत आफूलाई क्यान्सर भएको जानकारी दिएकी छिन्। अहिले न्यूयोर्कमा उपचार गराइरहेकी बेन्द्रेले आफूलाई ‘हाइ ग्रेड’ को भएको बताएकि छिन्।
ट्वीटरमा लामो स्टेटश लेखकी बेन्द्रेले आफू चिकित्सकको निगरानीमा रहेको र बाँच्नको लागि हरेक संघर्ष गर्न आफू तयार भएको जानकारी दिइन्। उनले आफ्नो परिवार, आफन्त र शुभेक्षकको साथले क्यान्सर विरुद्ध लड्न सहयोग पुगेको बताइन्।
— Sonali Bendre Behl (@iamsonalibendre) July 4, 2018
पछिल्लो समय ‘रियाली शो’ मा व्यस्त सोनालीले हम साथ साथ हे, जख्म, आग लगायत धेरै बलिउड चलचित्रमा काम गरेकी छिन्।