फोटो फिचर

निषेधित क्षेत्र तोड्न खोज्दा नेविसंघ-प्रहरीबीच झडप, केही घाइते

सरकारले तोकेको निषेधित गरेको क्षेत्र तोड्दै माइतीघर मण्डलामा प्रदर्शन गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरु। तस्बिर- बर्षा शाह/देश सञ्‍चार

काठमाडौं- नेपाल विद्यार्थी संघले सरकारले तोकेको निषेधित गरेको क्षेत्र तोड्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्ने क्रममा नेविसंघ र प्रहरीबीच झडपसमेत भएको थियो। झडपका क्रममा केही नेविसंघका कार्यकर्ता घाइतेसमेत भएका थिए।

बुधबार दिएँसो ३ बजे नेविसंघका पूर्व अध्‍यक्ष प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले निषेधित क्षेत्र तोडेको हो।

सरकारले जबरजस्ती माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको भन्‍दै जनताको आन्दोलन दबाउने प्रपञ्‍चमा सरकार लागेको उनीहरुको आरोप छ।

गोविन्द केसीको माग पूरा नगरेको भन्‍दै नेविसंघले सरकारको चर्को आलोचना गर्दै प्रदर्शन गरेको थियो।

प्रदर्शन गर्दै निषेधित क्षेत्र पार गर्दा प्रहरी र नेविसंघका कार्यकर्ताबीच केही बेर झडप समेत भएको थियो। झडपमा नेविसंघका कार्यकर्ता घाइते भएका थिए।

देश सञ्‍चारका लागि फोटो पत्रकार बर्षा शाह र सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु

तस्बिरहरु- बर्षा शाह/सुलभ श्रेष्ठ/देश सञ्‍चार

 

असार २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्