काठमाडौँ – पूर्वी क्षेत्रको मौसम बिहीबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मध्य तथा पश्चिम क्षेत्रमा भने आंशिक बदली हुने देखिएको मौसमविद राजु प्रधानाङ्गले बताए ।

मध्यको तुलनामा पश्चिमका क्षेत्रमा झन कम बादल लाग्ने छ । बिहीबार मध्य र पश्चिमका क्षेत्रमा घाम लाग्ने सम्भावना पनि छ । यस्तै पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने देखिएको छ भने पश्चिमका थोरै ठाउँमा मात्रै पानी पर्नेछ ।

केही दिनदेखि देशभर बदली भएर पानी परेकोमा बिहीबार मौसम केही खुल्ने देखिएको हो । तर मनसुनी गतिविधि सक्रिय रहेकाले बादल लाग्ने र पानी पर्ने सम्भावना भने रहन्छ ।

असार २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्