महिलाको गालामा चुम्बन गर्दा यौन हिंसा, पुरुषको गालामा गरेको चुम्बन के ?

चीनमा सामाजिक सञ्जाल प्रयोगकर्ताबिच विश्वकप फुटबलको प्रत्यक्ष रिपोर्टिङ्ग गरिरहेका बेला दक्षिण कोरियाली रिपोर्टरलाई रुसकी महिला फ्यानले उनको गालामा गरेको चुम्बन ‘यौन हिंसा’ रहे नरहेको भन्नेमा वादविवाद भएको छ ।

दक्षिण कोरियाको टेलिभिजन च्यानल एमबिएनका रिपोर्टर जिउन ग्वाङ्ग–राईलले जुन २८ मा रुसबाट विश्वकपको रिपोर्टिङ्ग गरिरहेका थिए, त्यहीबेला एक रुसी महिला फ्यानले उनको गालामा दुईपटक चुम्बन गरेकी थिइन् । रिपोर्टर चुम्बनपछि हाँस्ने प्रयास गरेका थिए ।

तर केही दिनपछि एक महिला रिपोर्टरलाई एक पुरुष फ्यानले त्यसैगरी टेलिभिजनमा लाइभ रहेका बेला चुम्बन गर्ने प्रयास गरेपछि त्यसको भने विरोध भयो ।

दुई फरक तर उस्तै घटनामा फरक प्रतिक्रिया आएपछि चीनको सबैभन्दा ठूलो सामाजिक सञ्जाल विइबोमा यसबारे वादविवाद सुरु भएको हो ।

चीनका सामाजिक सञ्जाल प्रयोगकर्ताले महिला रिपोर्टरलाई चुम्बन गर्न चाहने पुरुष फ्यानको जस्तै गरी पुरुष रिपोर्टरलाई चुम्बन गर्ने रुसी महिला फ्यानको विरोध किन भएको भन्दै विरोध जनाएका छन् ।

असार २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्