पुरुषका कारण हुने बाँझोपन कम गर्ने उपाय

बदाम, कटुस र ओखरले बनाउँछ शुक्राणुलाई स्वस्थ

पुरुषले आफ्नो पोषणमा बदाम, कटुस तथा ओखरको मात्रा थप गरेमा शुक्राणुको स्वास्थ्यमा सुधार आउने एक अध्ययनले देखाएको छ । बदाम, कटुस तथा ओखरको नियमित रुपमा खाएमा शुक्राणुको स्वास्थ्यमा सुधार आउने देखिएको हो ।

दैनिक रुपमा दुई मुठ्ठी बदाम, कटुस तथा ओखर १४ हप्तासम्म नियमित खाएमा पुरुषको शुक्राणुको स्वास्थ्य निकै राम्रो हुने देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

यसरी पोषणामा ख्याल गर्दा शुक्राणुको मात्रा बढ्नुका साथै ती शुक्राणाहरु सक्रिय हुने पनि दएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

धेरै पुरुषमा शुक्राणुको मात्रा कम हुँदै गएको र भएका शुक्राणु पनि स्वस्थ नरहेको देखिने क्रम बढेपछि भएको अनुसन्धानले यस्तो देखाएको हो ।

प्रदूषण, धुम्रपान तथा पोषणामा ख्याल नगर्दा शुक्राणुको स्वास्थ्यमा समस्या देखिनुका साथै मात्रा पनि कम हुँदै गएको देखिएको छ ।

पोषणामा ख्याल गरेमा पुरुषका कारण हुने बाँझोपन कम हुने देखिएको वैज्ञानिकले बताएका छन् । पश्चिमा देशमा हरेक सात दम्पती मध्ये एकमा गर्भ रहन समस्या हुने गरेको देखिएको छ । बाँझोपनको कारणमा ४०–५० प्रतिशत पुरुष हुने गरेको देखिएको छ ।

अनुसन्धानकर्ताले १८ देखि ३५ वर्षका ११९ स्वस्थ पुरुषलाई दुई समूहमा विभाजन गरे । एउटा समूहमा रहेका पुरुषको दैनिक पोषणमा ६० ग्राम बदाम, कटुस तथा ओखर थप गरियो भने अर्को समूहमा रहेका पुरुषलाई दिइएन ।

केही समयपछि गरिएको परीक्षणमा बदाम, कटुस तथा ओखर आएका पुरुषको शुक्राणु नखाएका पुरुषको भन्दा स्वस्थ देखियो । थप पोषण खाएका पुरुषको शुक्राणुको मात्रा १४ प्रतिशतले बढेको देखियो ।

यस्तै ती शुक्राणुको गर्भमा परिणत हुन सक्ने शक्ति चार तथा सक्रियता ६ प्रतिशतले बढेको अनुसन्धानकर्ताले बताए । यस्तै शुक्राणुको अकारमा एक प्रतिशतले वृद्धि भएको पाइयो ।

यी सबै तुलना विश्व स्वास्थ्य संगठन, डब्लुएचओले पुरुषमा बाँझोपन नहुनका लागि चाहिने भनेर तोकेको मापदण्डलाई आधार मानेर गरिएको हो ।

यस्तै ओमेगा–थ्री फ्ट्टी एसिड्स, एन्टिअक्सिडेन्ट, भिटामिन बी फोलेटले शुक्राणु गर्भमा परिणत हुन सक्ने शक्ति बढाउने देखिएको छ । बदाम, कटुस तथा ओखरमा यी सबै धेरै मात्रामा पाइन्छ ।

स्पेनको युनिभर्सिटी रोभिरा आइ भिर्गिलीका डा. अल्बर्ट सालास–हुएतोस (जसले अनुसन्धानको नेतृत्व गरेका थिए) का अनुसार पोषणा गरिने सुधारले बाँझोपनको समस्या कम हुने र अझ पुरुषकै कारण हुने बाँझोपन वा गर्भधारणमा आउने समस्या निकै कम गर्न सकिने देखिएको हो ।

अनुसन्धानको प्रतिवेदन बार्सिलोनामा भएको युरोपियन सोसाइटी अफ ह्युमन रिप्रोडक्सन एण्ड इब्रोयोलोजीको वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको हो ।

असार २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्