काठमाडौँ – स्वास्थ्य शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै जुम्लामा अनुशनरत डा. गोविन्द केसी र छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै काठमाडौँको माइतीघरमण्डलामा प्रदर्शन भएको छ ।

सरकारले केहीदिनअघि माइतीघरमण्डला, रत्नपार्कसहितका ठाउँमा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको विरोध तथा डा. केसी र गंगामाया अधिकारीको जीवन रक्षाका लागि भन्दै प्रदर्शन भएको हो ।

गंगामाया बचाउ अभियान र नागरिक समाजकोको अयोजनामा भएको प्रदर्शनमा सहभागी मध्ये १० जना भन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारले जारी गरेको निषेधाज्ञाको विरोध तथा डा. केसी र गंगामायाको मागमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ऐक्यबद्धता जनाएको छ । उसले बुधबारदेखि नै सडक र संसदमा विरोध जनाउन थालिसकेको छ । यस्तै विभिन्न संघसंस्थाले पनि यस्तै खालका आन्दोलन थालेका छन् ।