नेइमार जस्तै लड्न जानेको बिरालो

रुसमा जारी विश्वकप फुटबलको क्रममा धेरैको धेरै तरिकाले चर्चा भएको छ । तर सबैभन्दा धेरै चर्चा भने ब्राजिलका नेइमारको छ, चाहे सकारात्मक होस् वा मजाको रुपमा नै किन नहोस् ।

नेइमार उत्कृष्ट खेलाडी हुन् र उनको प्रदशर्न टिम क्वाटरफाइनलसम्म आउनुमा महत्वपूर्ण छ, यसमा कुनै विवाद छैन । उनको खेल कौशलको प्रशंसा नगर्ने कोही छैनन् । तर नेइमारको अर्को कला छ, ‘अभिनय’ गर्ने ।

मैदानमा सानो ट्याकललाई पनि ठूलो देखाएर नेइमार लड्ने गरेको भन्दै उनको आलोचना हुँदै आएको छ । सामाजिक सञ्जालमा उनले ‘नाटक’ गरेको भन्दै धेरै मेमे बनाइएका छन् ।

यस्तैमा एकजना ब्राजिलियन फ्यानले आफ्नो बिरालोलाई तालिम नै दिएर नेइमार मैदानमा कसरी लड्छन् भन्ने देखाउन सक्ने बनाएका छन् । ब्राजिलकी ती महिला प्रशंसकले आफ्नो बिरालो ओडिनलाई जर्सी पनि लगाइदिएकी छन् ।

उनले बिरालोको त्यो भिडियो इन्स्टाग्राममा पोस्ट गरेकी छन्, जसमा ओडिनले नेइमार मैदानमा कसरी लड्छन् भन्ने देखाउँछ । ‘नेइमार मैदानमा कसरी लड्छन्, ओडिन ?’ भन्दा बिरालोले लडेर देखाउँछ ।

असार २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्