पोखरी बन्यो सदरमुकाम भद्रपुर जाने सडक

विर्तामोड- ‘भद्रपुर जानुभन्दा गाउँ जान सजिलो ।’ अचेल यो वाक्य झापाका सर्वसाधारणको मुखमा झुण्डिन थालेको छ । झापाको सदरमुकाम पुग्न सर्वसाधारणले निकै ठूलो सास्ती व्यहोर्नु परिरहेको छ ।

खासगरी पूर्व पश्चिम राजमार्गले भद्रपुर पुग्ने दुईवटा प्रमुख सडकमध्ये विर्तामोडहुँदै भद्रपुर जाने सडकको हालत अति नै खराब भएको छ । सडकको खराब हालतका कारण झापाको उत्तरी भेग र सदरमुकाम दिन दिनै टाढिँदै गएको छ ।

कार्यालय खुल्ने समयमा नगइ नहुने भएकाले मात्र उत्तरी भेगका सर्वसाधारण सदरमुकाम भद्रपुर पुग्ने गरेका छन् । यस्को एउटै मात्र मुख्य बाटोको दुरावस्था । विर्तामोडदेखि भद्रपुरसम्म सडक राम्रो हुँदा जम्मा २० मिनेटको यात्रा हुने गरेकोमा अचेल ठ्याक्कै एक घन्टा लाग्छ ।

अहिले दिनहुँ पानी परेका कारण उक्त सडकको अवस्था अझ विग्रेको छ । साना सवारी साधनहरु त्यो सडकमा गुडाउनु भन्दा नजान नै उचित ठान्ने गरेका छन् ।

केही वर्ष अघिदेखि विर्तामोड भद्रपुर सडक विस्तार गर्ने नाममा केही महिना सडकको दायाँ बायाँका भाग अघि यसरी भत्काइयो, अहिले पनि सवारी हाँक्दा ज्यान जोखिममा राख्नुपर्ने सवारी चालकहरु बताउँछन् ।

एउटा गाडी मुस्किलले मात्र गुडन सक्छ । दुईवटा गाडी वारपार गर्नुपर्ने अवस्थामा सडकको डिलबाट झर्नुपर्ने हुन्छ । नत्र सवारी ठोक्किने संभावना उत्तिकै हुन्छ । त्यस्का अतिरिक्त अहिले अविरल वर्षाका कारण सोही सडक माछा जस्ता ठूल्ठूला खाल्डा बनेकाले यात्रा अत्यन्त जोखिमपूर्ण बन्दै गएको छ ।

सडक डिभिजन कार्यालय दमकले सोही सडकको स्तरोन्नतिका लागि ठेक्का लागिसकेकाले आगामी बर्षसम्ममा बन्ने बताउँदै आएको छ । तर यो अवस्था आएको धेरै बर्ष भइसक्दा पनि सडक डिभिजन कार्यालयको लापरवाही ठान्छन् यहाँका सर्वसाधारण ।

गत मंगसिर महिनासम्ममा नै बनाइसक्नुपर्ने भए पनि ठेकेदारको लापरवाहीका कारण अहिले उक्त सडकको हालत विग्रेको उक्त कार्यालयका इन्जिनियरहरु बताउँछन् । काम विचैमा छोडेपछि उक्त सडकको ठेक्का रद्ध गरेर नयाँ ठेक्का लागेको कार्यालयका इन्जिनियर राजेश शाहले बताए ।

असार २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्