गोविन्दाको शैलीमा नाचेका सञ्‍जीव ऋितिकको शैलीमा पनि ‘भाइरल’

एजेन्सी-गोविन्दाको नाँच नक्कल गरेर भाइरल भएका सञ्जिव श्रीवास्तवा एक पल्ट फेरी चर्चामा आएका छन्। नाँच्ने अंकल भनेर चिनिने श्रीवास्तवाले पहिला गोविन्दाको ‘आपके आ जाने से’ गीतमा नाँचेको भिडियो भाइरल भएको थियो। अहिले उनले नाँचेको अर्को भिडियो भाइरल भएको छ।

श्रीवास्तवाले अर्का भारतीय नायक ऋितिक रोशनको नाँच नक्कल गरेका छन्। ‘कहो ना प्यार हे’ भन्ने गीतमा रितिकले जस्तै गरी नाँचेका श्रीवास्तवको भिडियो ट्वीटरबाट भाइरल भएको हो। उनले आफ्नै ट्वीटर एकाउन्टबाट एक मिनेट १८ सेकेण्डको भिडियो सार्वजनिक गरेका हुन्।

उनले भिडियोका रितिकलाई मेन्सन गर्दै लेखेका छन्, ‘डान्सका महादेव ऋितिकको लागि समर्पित’ भनेर सञ्जिव श्रीवास्तव, डान्सिङ्ग अंकल लेखेका छन्।

यो भिडियो फेरी भाइरल भएको छ। रितिकले पनि यो भिडियोमा प्रतिक्रिया जनाइसकेका छन्।

डब्बु अन्कल अब जनमानसमा परिचित भइसकेका छन्। उनले भारतका सुपरस्टार कलाकारहरु, सलमान खान, माधुरी दिक्षित र उनका आदर्श गोविन्दालाई पनि भेटिसकेका छन्।

भुपालको निजी इन्जिनियरिङ कलेजमा इलेक्ट्रोनिक्सको प्रोफेसर भएका सञ्जिव श्रीवास्तवको यो भन्दा पहिला एक विवाहमा नाँचेको भिडियो भाइरल भएको थियो।

असार २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्