पानीको निकास नहुँदा तीन लाखको तरकारी नष्ट

उर्लाबारी- लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ।

पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो।

चार बिघा ११ कठ्ठा जमिन भाडामा लिएर सो सहकारीले दुई महिनाअघि तरकारी खेती गरेको हो।

दुई दिनदेखिएको लगातारको वर्षाले डुबाउँदा काँक्रा, बोडी, फर्सी, भन्टालगायत तरकारी नष्ट भएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले जानकारी दिए।

संस्थाले स्थानीयवासी शोभा चेम्जोङ पालुङवाको जमिन पाँच वर्षको लागि भाडामा लिएर व्यावसायिक तरकारीखेती शुरु गरेको हो । दैनिक १० जनाले रोजगारी समेत पाएका छन्।

असार २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्