क्वाटरफाइनलको दोश्रो खेलमा ब्राजिल र बेल्जियम भिड्दै

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको दोश्रो खेलमा अहिले पाँच पटकको विश्वविजेता ब्राजिलले बेल्जियमको सामना गर्दैछ । पौने १२ बजेबाट खेल सुरु भएको हो ।

ब्राजिलका मिडफिल्डर कासेमिरो यसअघि दुईवटा पहेँलो कार्ड पाएकाकारण यो खेलमा मैदानमा छैनन् । अन्तिम १६ को खेलमा कम्मरको समस्याका कारण खेल्न नसकेका लेफ्ट ब्याक मार्सेलो भने बेल्जियमसँगको खेलमा फर्किएका छन् ।

विज्ञापन

समूह चरणका सबै खेल जितेको बेल्जियम अन्तिम १६ को खेलमा भने समस्यामा परेको थियो । सुरुमा २–० ले पछि परेको बेल्जियमले जापानसँगको खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेर आएको हो । विश्वकपको इतिहासमा यस्तो पुनरागमन गरेर खेल जित्ने बेल्जियम पछिल्लो ४८ वर्षमा पहिलो टिम हो ।

ब्राजिलभने पछिल्ला २५ खेलमा अपराजित छ । यो विश्वकपमा उसले आशगरिए अनुसार प्रदर्शन गरेको छैन । तर उसको प्रदर्शन उत्कृष्ट भन्न नमिल्ने पनि होइन ।

असार २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्