एक लाख घुससहित इञ्जिनीयर मम सेन्टरबाट पक्राउ

बाँके – बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको एक टोलीले शुक्रबार राति नेपालगञ्जको बिपी चोकस्थित दङाली केसी मम सेन्टरबाट रु एक लाखसहित इञ्जिनीयर खड्कालाई थलामै पक्राउ गरेको हो ।

गाउँपालिकाको वडा नं ६ हिरिमिनियास्थित माटो पटान तथा ग्राभेल सडक निर्माणको कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग खड्काले घुस मागेको आयोगका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताए ।

उनका अनुसार खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु भएको छ ।

असार २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्