बाजुरामा रुखले च्यापेर दुई मजदूरको मृत्यु

बाजुरा- गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

गर्जेरातिमाटामा पानीको ट्याङ्की नजिकै पाल टाँगेंर बसेका बेला गए राति रुख भाँचिएर सो दुर्घटना भएको मृतकका आफन्त तुलाबहादुर रोकयाले जानकारी दिए ।

मृत्यु हुनेमा सोही वडाका २२ वर्षीय भीमबहादुर बोहरा र २३ वर्षीय धर्मबहादुर बोहरा रहेको आफन्त रोकायालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

गम्भीर घाइते खण्टे बोहरालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउन लागिएको छ । घटनाको थप जानकारी लिन प्रहरी टोली घटनास्थल पठाइसकिएको बोहराले बताए ।

असार २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्