धनगढी उपमहानगरपालिकाद्धारा ‘मेयर किशोर बम पत्रकारीता पुरस्कार’ घोषणा

स्वर्गीय किशोर कुमार बम

काठमाडौँ – धनगढी उप–महानगरपालीकाले स्वर्गिय मेयर किशोर बमको स्मरणमा विकास पत्रकारीता पुरस्कार घोषणा गरेको छ ।

धनगढी उप–महानगरपालीकाको आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत बजेट निति तथा कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा नगरप्रमुख नृपबहादुर वडले ‘मेयर किशोर बम विकास पत्रकारीता पुरस्कार’ प्रदान गरिने घोषणा गरे ।

उनले अहिलेलाई पुरस्कारका लागि ५१ हजार रुपियाँको धनराशी छुट्टाईएको बताए ।

मेयर बमको नाममा घोषणा भएको पत्रकारीता पुरस्कारका लागि धनगढी उप–महानगरपालीकाले अक्षयकोष निर्माण गर्ने र यसलाई कार्यविधि बनाएर संचालन गरिने उनले बताए ।

२०४९ सालमा धनगढी नगरपालिकामा निर्वाचित भएका मेयर बमको २०७१ सालमा हृदयघातका कारण निधन भएको थियो । उनी कैलाली कांग्रेसका लोकप्रिय नेता मध्येका एक हुन् ।

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्