एनआईसी एसिया बैंकद्धारा सोलारबत्ति र सिसिटिभी क्यामेरा जडान

काठमाडौँ- एनआई सी एसिया बैंकले काभ्रेपलाञ्चोकको उग्रचण्डी भगवति मन्दिर नालामा सोलारवत्ती तथा सिसिटिभी क्यामेरा जडान गरेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले जडान गरेका सोलारवत्ती तथा सिसिटिभी क्यामेरा एक समारोहकाबिच उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरिएको बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत तथा सुचनाअधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।

एनआई सी एसिया बैंकका कायममुकायम प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले उग्रचण्डी नाला समाजलाई उक्त सोलार बत्तिहरु तथा सिसिटिभी क्यामराहरु हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल, सूचना तथा संचार मन्त्री गोकुल बास्कोटा, नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

एनआई सी एसिया बैंकका मुलुकभर २ सय २५ शाखा कार्यालयहरु, २ सय १८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् ।

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्