इंग्ल्याण्डका फ्यानले गरे जितको उन्मादमा तोडफोड

मैदानमा रहेका खेलाडीको मनोबल रंगशालामा रहेका दर्शकको साथ र विश्वभर रहेका उनीहरुका समर्थकको मायााले थप बलियो हुन्छ ।

जितको खुशी समर्थकले बढाइदिन्छन् भने हारको पीडामा उनीहरु नै सहारा बन्छन् । तर कहिले काहिँ फ्यानको व्यवहारले जितलाई पनि केही खल्लो बनाइदिन्छ ।

यस्तै भएको इंग्ल्याण्डलाई पनि केही हदसम्म । रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा स्वीडेनलाई २–० ले हराएर इंग्ल्याण्डले २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

त्यसको खुशी रुस पुगेका मात्रै होइन विश्वभर रहेको इंग्ल्याण्डका फ्यानले मनाए । तर लण्डनमा केही समर्थकले जितको खुशी मनाउन तोडफोडको बाटो रोजे ।

इंग्ल्याण्डका समर्थकले स्वीडेनलामाथिको जितको उन्मादमा लण्डनमा रहेको स्वीडिस मल्टिनेशनल कम्पनी इकियाको शाखामा तोडफोड गरेका छन् ।

इकियाले फर्निचर, भान्छाका सामान तथा घरका लागि चाहिने सामग्री उत्पादन गर्ने गर्छ । उनीहरुले रुसमा इंग्ल्याण्डले स्वीडेनलाई हराए लगत्तै इकियाको लण्डन शाखामा तोडफोड गरेका हुन् ।

दुई देशबिचको खेलअघि स्वीडेनका पूर्व खेलाडी जाल्टन इब्राहिमोविच र इंग्ल्याण्डका पूर्व खेलाडी डेविड बेकह्यामबिच रमाइलो चुनौती आदान प्रदान भएको थियो । त्यसमा इकिया केन्द्रमा थियो ।

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू