कथा काठमाडौँको फस्ट लुक सार्वजनिक

काठमाडौँ– चलचित्र कथा काठमाडौँको पहिलो लुक सार्वजनिक भएको छ। लेखक तथा निर्देशक संगीता श्रेष्ठले निर्देशन गरेको चलचित्रको फस्ट लुक ज्योतिमान डंगोलले तयार पारेका हुन्।

काठमाडौँलाई कर्मभूमि बनाएका विभिन्न क्षेत्रका पात्रहरुको चित्रण हो कथा काठमाडौँ। पोस्टरले काठमाडौँमा भोगिने केहि घटनाक्रमको प्रतिविम्ब चित्रण गरेको छ । असोज १२ मा रिलिज हुने चलचित्रमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।

आहाना फिल्मःको व्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन् । फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।

निर्देशक श्रेष्ठले कान्तिपुर टेलिभिजनमा टेलिफिल्म ‘कथा प्रेमका’ निर्देशन गर्दै आफुलाई भिजेसँगै निर्देशकको रुपमा समेत परिचित गराएकी छिन्। श्रेष्ठले यो भन्दा अगाडि उनले ‘कथामा अल्झिएका प्रेम’ लेखेकी छिन्।

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्