प्रधानमन्त्रीको टाउकामा दम्भको श्रीपेच टल्कियो : कांगेस प्रवक्ता शर्मा

काठमाडौँ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको टाउकामा दम्भको श्रीपेच टल्किएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री ओलीले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई राजनीतिमा आउन चुनौती दिएपछि कांग्रेस प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन् ।
प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा लेखेका छन्, ‘ एउटा समय थियो– श्रीपेच फुकालेर मैदानमा आउन राजालाई सडकबाट लल्कार्नु भयो मदन भण्डारीले । अर्को समय आयो– सत्तामा रहेका प्रधानमन्त्रीले सडक अनशनमा बसेकालाई राजनीतिमा आउन चुनौती दिनुभयो ।’
‘ के टल्किएको हो दुई तिहाईको शिरमाथी त्यो ? दम्भको श्रीपेच ?’ शर्माले प्रश्न गरेका छन् ।
एउटा समय थियो- श्रीपेच फुकालेर मैदानमा आउन राजालाई सडकबाट लल्कार्नु´भो मदन भण्डारीले l अर्को समय आयो- सत्तामा रहेका @PM_Nepal ले सडक अनशनमा बसेकालाई राजनीतिमा आउन चुनौती दिनुभयो l
@Hello_Sarkar के टल्किएको हो दुइतिहाईको
शिरमाथी त्यो ? दम्भको श्रीपेच ?? pic.twitter.com/8NB6Kkzwz9— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 8, 2018
डा. केसीको अनसनप्रति रुष्ट रहेका प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा सांसदहरुसँगको छलफलमा डा. केसीलाई राजनितिमा आउन भनेको कुरा बाहिर आएको थियो ।