अमेरिकामा बाटोमा हिँड्दै गरेका भारतीय विद्यार्थीको गोली हानी हत्या

काठमाडौं- अमेरिकाको क्यान्सस शहरमा शनिबार साँझ बाटोमा हिँड्दै गरेका भारतीय विद्यार्थीको गोली हानी हत्या गरेको छ। बाटोमा हिडिहेको बेला कुनै व्यक्तिले पछाडिबाट गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
तेलंगना राज्य स्थायी घर भएका शरत कोप्पू यूनिभर्सिटी मिसौरी- क्यान्सस सिटीमा अध्ययन गरिरहेका थिए। प्रहरीका अनुसार शनिबार राति शहरमा पसेर उनीमाथि अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली हानेका थिए। बाटोमा लुटेरा आएपछि बाटोमा हिँडिरहेका सबैजना लुके भने उनी हिँडि नै रहे। यसपछि उनीमाथि गोली हानेर लुटेरा भागेका थिए।
अमेरिकी प्रहरीले शंकास्पद व्यक्तिको भिडियो समेत जारी गरेको छ भने गोली हान्न व्यक्तिको सूचना दिने व्यक्तिलाई १० हजार डलर पुरस्कार दिने घोषणा गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
यता, भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्विटरमा मृतक विद्यार्थीप्रति समवेदना व्यक्त गरेका छन्। उनले ट्विटरमा भनेकी छन् ‘शोकाकुल परिवार प्रति मेरो समवेदना छ। यस घटनामा प्रहरीसँग बुझ्नेछु भने परिवारलाई सबै प्रकारको राहत दिलाउँछु।’ उनले अमेरिकाको शिकागोस्थित भारतीय दूतावासमा जानकारी गराउने बताएकी छिन्।
Kansas incident – My heartfelt condolences to the bereaved family. We will follow this up with the Police and provide all assistance to the family. @IndiainChicago @IndianEmbassyUS @NavtejSarna
— Sushma Swaraj (@SushmaSwaraj) July 8, 2018
गत वर्ष पनि अमेरिकामा गोली लागेर दुई भारतीयको ज्यान गएको थियो।