‘तिमी बाँचेर यो देश मर्छ भने’का लागि गायक प्रसाईलाई नेशनल सङ अवार्ड

गायक प्रसाईलाई अवार्ड प्रदान गर्दै वरिष्ठ संगितकार राजु सिंह

काठमाडौं- गायक सुराच प्रसाईले ओएस नेपाल म्युजिक अवार्डको नेशनल सङ विधामा अवार्ड जितेका छन्।

आइतबार आयोजित अवार्ड विजेता घोषणा तथा वितरण समारोहमा प्रसाईले गाएको ‘तिमी बाँचेर यो देश मर्छ भने’ गीतका लागि अवार्ड प्रदान गरिएको हो।

एक दशकभन्दा बढी समयदेखि नेपाली संगीतमा क्रियाशिल प्रसाईले यस गितमा शब्द र संगीत आफैले दिएका हुन्।  ‘ बन्छ नेपाल’, ‘नाइलनको साडी’, ‘ मायालाई यसपाली’, ‘सिटी सफारी’ लगायत करिब एक दर्जन गीत चर्चित छन्।

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्