उतारचढावपुर्ण सेयर बजारमा झिनो अंकको गिरावट

काठकाडौं- उतारचढाव पुर्ण सेयर बजार झिनो अंकले ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन दिनभरिमा ४८ करोड २३ लाख रुपैयाँ  बराबरको  सेयर कारोबार हुदाँ १२ लाख ४१ हजार कित्ता सेयर खरिद बिक्रि भएको छ।

बजार खुलेको ३० मिनेटमै १५ अंकले बढेको नेप्से परिसूचक ‍अर्को ३० मिनेटमै १५ अंकले ओरालो लागेको थियो। एक पटक बढेर घटेको बजारमा ३ पटक उतारचढाव देखिएको थियो।

झिनो अंकले घटेको बजारमा ४ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छिमेक लघुवित्त विकास बैंक धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।

आइतबार कारोबार भएका १० उपसूचक मध्ये बैंकिङ, होटल, उत्पादनमूलक र अन्य उपसूचक उकालो लाग्दा ट्रेडिङ, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, इनस्योरेन्स र माइक्रोफाइनान्स उपसूचक ओरालो लागेको छ।

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्