अस्थायी शिक्षकको माग पूरा गर्न राजपाको माग

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले अस्थायी शिक्षकको माग पूरा गर्न माग गरेको छ । असार २१ गतेदेखि खुल्ला मंचमा आमरण अनसन बसेका अस्थायी तथा करार शिक्षकको माग पूरा गर्न राजपाले विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराएको हो ।

लामो समयसम्म अनशन बस्दा पनि सरकारले शिक्षकका जायज मागप्रति बेवास्ता गरेको भन्दै राजपाले आपत्ति जनाएको छ । ‘वर्षौदेखि सरकारको स्वीकृत दरबन्दीमा कार्यरत छन् ।

उनीहरुसंग सरकारले गरेको सहमती विपरित वर्तमानमा चालेको कदम अन्यायपूर्ण छ, अध्यक्ष महन्त ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्थायी, करारमा कार्यरत शिक्षकहरुको वृति विकास, जिविकोपार्जन र जागीरको ग्यारेन्टी एवं अनसनरत शिक्षकहरुको जिवन रक्षा गर्न राजपा नेपाल सरकारसंग जोडदार माँग गर्दछ ।’

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्