गंगामायाका छोरा हत्याका आरोपी पौडेलले गरे आत्मसमर्पण, आजै जेल चलान

काठमाडौं- नन्दप्रसाद अधिकारी र गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीका हत्या आरोपी छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्णण गरेका छन्।
पौडेललाई गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलासले २०७२ पुस ६ गते सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। उक्त आदेशपछि फरार रहेका पौडेलले आइतबार आत्मसमर्पण गरेका हुन्। पौडेललाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ।