थाइल्याण्डको गुफामा दुई हप्ताअघि फसेका दुई बालकलाई सुरक्षित निकालियो

काठमाडौं- उत्तरी थाइल्याण्डको एक गुफामा बाढी आएर फसेका १२ बालबालिकामध्ये दुई बालबालिकालाई आइतबार सुरक्षित बाहिर निकालिएको छ। उनीहरु गत जुन १३ मा फसेका थिए।
गुफा क्षेत्रमा गोताखोर, स्वास्थ्यकर्मी टिम र सुरक्षाकर्मी संलग्न रहेको उद्धार टोलीले आइतबार दुई बालकको उद्दार गरिएको बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार आइतबार गुफाको जलस्तर बढ्ने बताइए पनि उद्धार टोलीले खतरा मोलेर ती बालकहरुको उद्धार गरेको हो।
उद्धारमा संलग्न लेफ्टिनेन्ट जनरल कोङगचिप तन्त्रावानितले भनेका छन्, ‘हामीले तत्कालै दुई बालकको उद्धार गरेका छौँ। केही बेरमै अन्य बालकलाई बाहिर ल्याउन सक्छौँ।’ यसका साथै उनले गुफाभित्र एउटा बेस क्याम्प समेत बनाएर राखिएको बताएका छन्।
यस्तै गुफाबाट अस्पताल करिब एक घण्टाको दूरीमा रहेको छ जहाँ उनीहरुका आफन्तले पर्खिरहेका छन्। गुफाभित्र कमजोर अवस्थामा रहेका बालकलाई सबैभन्दा पहिला निकालिएको बीबीसीले उल्लेख गरेको छ।
मिडियालाई गुफा प्रवेशद्वारामा रोक
उद्धार टोलीमा संलग्न रहेका बाहेक गुफामा समाचारका लागि संकलन गर्न गएका मिडियाका व्यक्तिहरुलाई प्रवेशद्वारबाट बाहिरै राखिएको छ।
साथै उनीहरुलाई त्यहाँ समाचार संकलन र तस्बिर खिच्नबाट रोक लगाइएको छ। उनीहरुलाई प्रहरीले गुफाभन्दा परै बस्न समेत आग्रह गरेका छन्।
गुफाभित्र १२.८ करोड लिटर पानी
बालबालिका फसेको गुफाभित्र करीब १२.८ करोड लिटर पानी जम्मा भएको उद्दारमा संलग्न टोलीले बताएको बीबीसी उल्लेख गरेको छ।
उद्धारमा संलग्न शामिल थाइल्याण्डका नौसेनाका अनुसार गुफाभित्र पानीको स्तर विस्तारै घटने क्रममा रहेको छ।
बालबालिको प्रार्थना सभा
गुफाभित्र फसेका साथीहरुको उद्धाका लागि एक स्कलका बालबालिकाहरुले प्रार्थना सभा आयोजना गरेका छन्। गुफाभित्र फसेका १२ बालबालिकामध्ये ६ बालबालिका त्यही स्कुलका रहेका छन्।