‘हाइग्रेड क्‍यान्सर’सँग लड्‍न शुभेच्छा दिने शुभचिन्तकलाई बेन्द्रेको धन्यवाद !

केही दिन अगाडि भारतीय अभिनेत्री सोनाली बेन्द्रेले आफूलाई  ‘हाइग्रेड क्‍यान्सर भएको खबर ट्वीटर र इन्टाग्राम मार्फत सार्वजनिक गरेकी थिइन्। न्यूयोर्कमा उपचाररत बेन्द्रेको स्वास्थ्य लाभको लागि बलिउडका धेरै हस्तीले शुभकामना दिएका थिए। आफ्नो लागि शुभेच्छा दिने शुभचिन्तकलाई बेन्द्रेले धन्यवाद दिएकी छिन्।

उनले आफूलाई क्यान्सर भएको खबर सार्वजनिक गरेपछि ट्वीट्रमा आएको प्रतिक्रियाको जवाफ फर्काएकी छिन्। उनले आफूसँगै काम गर्ने कलाकारहरु फराहन अख्तर, दिया मिर्जा, मनिषा कोइराला, अर्जून कपूर, अनिल कपूर, रितिक रोशन, अभिषेब बच्चन, राजकुमार राव, नेहा धूपिया, करण जोहर, माधुरी दीक्षित लगायत अरुलाई धन्यवाद दिएकी छिन्।

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्