बेलायतमा ब्रेक्सिट मन्त्रीले दिए राजीनामा

बेलायती सरकारका ब्रेक्सिट मन्त्री डेविड डेविसले राजीनामा दिएका छन् । प्रधानमन्त्री टिरिजा मे ब्रेक्सिट योजनालाई मन्त्रीपरिषदले अनुमोदन गरेको केही दिनमै ब्रेक्सिट मन्त्री डेविसले राजीनामा दिएका हुन् ।

ब्रेक्सिटको पक्षमा रहेकाहरुले प्रधानमन्त्री मे को ब्रेक्सिट सम्बन्धी योजना नरम खालको रहेको आरोप लगाउँदै आएका छन् । डेविस सन् २०१६ मा ब्रेक्सिट मन्त्री नियुक्त भएका थिए ।

उनी बेलायत युरोपियन युनियनबाट बाहिरिने प्रक्रियामा हुने सबै छलफलका लागि जिम्मेवार थिए । यस्तै डेविसले राजीनामा दिएको केही समयपछि नै जुनियर मिनिस्टर स्टिभन बाकरले पनि राजीनामा दिएका छन् ।

सरकारले लिएको पछिल्लो नीति तथा रणनीतिले बेलायत इयुबाट वास्तविक रुपमा बाहिने जस्तो नदेखिएको डेविसले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

असार २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्