मेरी मामुको फस्ट लुक सार्वजनिक

काठमाडौँ– चलचित्र ‘मेरी मामु’ को फस्ट लुक सार्वजनिक भएको छ। भदौ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र ‘मेरी मामु’ सन्तोष सेनको व्यानरमा आसुसेन फिल्मको चौथो प्रस्तुती हो। चलचित्रमा निर्माता सन्तोष सेनका छोरा आयुव सेनको मुख्य भूमिका छ।

आमा छोराको सम्बन्धमा बनेको यो चलचित्रमा नायिका अश्लेशा ठकुरी, सारुक ताम्राकार, कुसुम गुरुङ, दुर्गा मल्ल, भुवन चन्द लगायतको अभिनय रहेको छ। यो चलचित्र यम थापाको लेखन र निर्देशनमा बन्न लागेको हो।

असार २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्