नेप्सेका कामु सिइओ अर्यालले सम्हाले जिम्मेवारी

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) का कार्यबाहक प्रमुख कार्यकारी अधिकृत नियूक्त गरिएका रमेश अर्यालले जिम्मेवारी सम्हालेका छन्।

सरकारको निर्णयपछि अर्थ मन्त्रालयले नेप्सेको सिइओबाट चन्द्र बहादुर साउँदलाई बर्खास्त गर्दै आइतबार नै अर्याललाई जिम्मेवारी दिएको थियो।

सोमबार नेप्समा कार्यभार सम्हाल्दै अर्यालले पुँजी बजारको विकासको लागिकाम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सरकारले अनलाईन ट्रेडिङ आउने अन्तिम चरणमा नेप्सेको सिइओ बर्खास्त गरेपछि अनलाइन ट्रेडिङका बिषयमा अन्यौल देखिएको छ।

असार २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्