संसदमा डा. केसीको जीवन रक्षा सम्बन्धी प्रस्तावमा छलफल सुरु

काठमाडौँ – प्रतिनिधिसभाको सोमबारको बैठकमा चिकित्सा शिक्षा विधेयकमा सरकारले गरेको परिमार्जनको विरोधमा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल सुरु भएको छ ।

नयाँ बानेश्वरमा रहेको संसदभवनमा जारी प्रतिनिधिसभाको बैठकमा डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सुरु भएको हो ।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुको प्रस्ताव र पार्वती डिसी चौधरी र अहतरकमाल मुसलमानको समर्थनमा शुक्रबार संसदयमा यो प्रस्ताव दर्ता भएको थियो ।

त्यहि दिन प्रस्तावलाई छ्लफलमा ल्याउन माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद बैठक अवरुद्ध पारेको थियो । तर त्यो प्रस्तावमा सोमबार छलफल थालिएको हो ।

असार २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्