कांग्रेसको आरोप

‘बालुवाटारलाई कारागारमा परिणत गरियो’

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको पक्राउप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधिभभाको सोमबारको बैठकमा कांग्रेसका सांसदहरुले उपकुलपतिलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर बालुवाटार पु¥याइएको घटनाप्रति कांग्रेसले विरोध जनाएको हो ।

क्यानाडामा सोमबारदेखि हुने १८औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कोइराला त्यसतर्फ जाने क्रममा विमानस्थल पुगेका कोइरालालाई प्रधानमन्त्रीले भेट्न खोज्नुभएको छ भन्दै एक घण्टा बालुवाटारमा नियन्त्रणमा लिएर छाडिएको थियो ।

सांसद लक्ष्मी परियार उपकुलपति जस्तो सम्मानित व्यक्तिलाइ अपहरणको शैलीमा सरकारले नियन्त्रणमा लिएको आरोप लगाइन् । उनले सरकारले अभिनायकवादतर्फ लम्किएकाले नै कुलपतिलाई दुर्ववाहार गरेको बताइ ।

उनले अहिलको सरकार नै गणतन्त्र मास्न उज्दत भएको दाबी गरिन । त्यस्तै कांग्रेसकै सांसद सञ्जय गौतमले सरकारको चरित्र ठीक नभएको बताए । उनले संसदमा भने, ‘यो सरकारलो प्राज्ञ र भाषालाई अपमानित गरेको छ । बालुवाटारलाई कारागारमा परिणत गर्ने काम भएको छ । यसप्रति सरकारलाई सचेत गराउन चाहन्छु ।’

असार २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्