ट्रेड यूनियन कांग्रेसको असहमतिपछि श्रम मन्त्रालयमा अझै हुन सकेन पत्रकार सम्मेलन

काठमाडौं-नेपाली कांग्रेस निकट ट्रेड यूनियन कांग्रेसको असहमति पछि मजदुरको न्यूनतम तलब बृद्धिको आधिकारीक घोषणा हुन सकेको छैन।

श्रम तथा रोजगार मन्त्रालयले साढे दुई बजे न्युनतम तलब सार्वजनिक गर्न गर्ने भनेको पत्रकार सम्मेलन ट्रेड यूनियन कांग्रेसको असहमति पछि हुन नसकेको हो।

सरकारले ९ हजार ७ सय रुपैयाँ रहेको मजदुरको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ तोक्ने तयारी गरेको छ। मजदुरले पाउने ९ हजार ७ सय रुपैयाँ पारिश्रमिकमा ६ हजार २०५ रुपैयाँ तलब स्केल र ३ हजार ४९५ रुपैयाँ महङ्गि भत्ता रहेको छ।

ट्रेड यूनियन कांग्रेसले भने अहिले नै चिया बगानमा काम गर्ने मजदुरको पनि तलब पुनरावलोकन हुनु पर्ने अडान राखेको हो।

सरकारले भने अहिलेलाई अन्य क्षेत्रका मजदुरको तलब तोक्दै पछि मात्र चिया बगानका मजदुरको तलब बृद्धि गर्ने बताए पछि सहमति जुट्न नसकेको बुझीएको छ।

हाल चिया बगानका मजदुरको मासिक तलब ७ हजार ७५ रुपैयाँ रहेको छ।

असार २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्