तुईन हटाएर केवलकार चलाउने प्रधानमन्त्रीको उद्घोष

काठमाडौँ – यसअघि नै प्रधानमन्त्री हुँदा मुलुकभरबाट तुईन विस्थापित गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब तुईन भएको ठाउँमा केवलकार संचालन गर्ने उद्घोष गरेका छन्।

सोमबार राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले यसअघि नै आफूलाई प्रधानमन्त्रीबाट नहटाएको भए मुलुकबाट अहिलेसम्म तुईन विस्थापित भईसकेको हुने दाबी गरे।

प्रधानमन्त्री ओली भने, ‘अब तुईनलाई विस्थापित गर्दै झुलुङ्गे पुल बनाईन्छ, प्राविधिक रुपमा झुलुङ्गे पुल बन्न नस्कने ठाँउमा केवलकार बनाईन्छ।’

उनले विगतमा तुईन विस्थापित गर्न एक अर्ब रकम बिनियोजन गरेको भए पनि आफू प्रधानमन्त्रीबाट हटेपछि उक्त रकम ३० लाखमा झारीएको दाबी गरे ।

‘त्यतीबेला मैले तुईन विस्थापित गर्न एक अर्ब बिनियोजन गरेको थिए । म प्रधानमन्त्रीबाट हटेपछि ३० लाखमा झर्यो, प्रधानमन्त्री ओलीले भने, तर अब झोलुङ पुल नबने केबलकार बन्छ।

‘तुइनको ठाउँमा झालुङ्गे पुल, झोलुङ्गे पुल नबने केवलकार बन्छ । अब कोही पनि नेपालीको छोरा छोरीलाई खोलामा बगेर मर्न दिन्न । अब मुलुकबाट ४७ वटा तुइन विस्थापित हुन बाँकी छन् । त्यो ठुलो कुरा होईन’ ओलीले भने ।

५ महिनामौ खाल्डाखुल्डी पुर्न सकिन्न


अर्काे प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले छोटो समयमै काठमाडौँका खाल्डाखुल्डी पुर्न नसकिने बताए ।

‘उहिलेदेखि भत्केका सडक चार पाँच महिनाभित्र बनिसक्नुपर्ने जनताको अपेक्षा छ त्यो पूरा गर्ने प्रयासमा सरकार लागिरहेको छ तर समय लाग्छ । ओलीले भने, यो वर्ष ढलमा बच्चा बग्न दिने छैनौ, अब खाल्डा पुरिन्छ । ’

उनले सरकारप्रति जनताले असाधारण विश्वास व्यक्त गरेको बताए ।

‘चार महिनाको अवधिमा कति काम गरिन्छ । स्टे अर्डरले बाटो बनाउन पनि हैरान पारेको छ । बाटो बनाउन गयो स्टे अर्डर आउछ, सम्मानित अदालतको आदेश मान्नै पर्‍यो । ’ ओलीले भने ।

उनले बिचौलियाको अन्त्य गर्न सरकार लागि परेको बताए । उत्पादक र उपभोक्ताको बीचमा बसेर मार्जिन खाने अवस्थाको अन्त्यका लागि सरकारले प्रभावकारी काम गर्ने प्रधानमन्त्रीको भनाई थियो ।

असार २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू