कृषि मन्त्रालय मातहतका १० कर्मचारीको जागिर गयो (सूचिसहित)

काठमाडौँ-कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले १० जनालाई पदमुक्त गरेको जानकारी दिएको छ। मन्त्री परिषद्को गत २० गतेको निर्णय अनुसार कृषि विकास तर्फ ५ र पशुपंक्षि तर्फ ५ जना पदमुक्त भएका हुन्।

उनीहरु निर्वाचन आचारसंहिता लागुग भएपछि देउवा सरकारले नियुक्त गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो मन्त्रालयमा रहेका त्यस्ता कर्मचारीलाई पदमुक्त गरी जानकारी गराउन मातहतका निकायलाई निर्देशन दिएको थियो।

केपी ओली सरकारले नेपाल सरकारका विभिन्‍न मन्त्रालय अन्तर्गतका विभिन्‍न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड, कोष, समिति, कम्पनी, बैंक वा अन्य संगठित संस्था आदिजस्ता संस्थामा नेपाल सरकार (मन्त्रिपरिषद्) र मन्त्रीस्तरबाट भएका सवै किसिमका राजनीतिक नियुक्ति तथा मनोनयन खारेज गर्ने निर्णय गरेको थियो।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पदमुक्त गरेका कर्मचारी यी हुन्।

असार २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू