अर्जेन्टिनाका प्रशिक्षकको भविष्य के होला ?

अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीको भविष्यका बारेमा जुलाईको अन्त्यमा निर्णय लिइने भएको छ । अर्जेन्टिना रुसमा जारी विश्वकपको अन्तिम १६ बाटै बाहिरिएपछि प्रशिक्षक साम्पाओलीको भविष्य धरापमा परेको ठानिएको छ ।

समूह चरणकै खेलमा उनले अपनाएको रणनीतिका कारण टिम समस्यामा परेको र लियोनल मेस्सीसहितका खेलाडीले टिमको रणनीति बनाउने जिम्मा लिएको खबर पनि आएका थिए ।

चार वर्षअघिको विश्वकपमा फाइनल खेलेको अर्जेन्टिनाले यो विश्वकपमा साम्पाओलीको प्रशिक्षणमा मुश्किलले अन्तिम १६ मा स्थान बनाएको हो । रुस विश्वकपको प्रि–क्वाटर फाइनलमा फ्रान्ससँग ४–३ ले पराजित भएर अर्जेन्टिना घर फर्किएको हो ।

साम्पाओलीले जुलाई २८ देखि हुने २० वर्षमुनिको प्रतिस्पर्धामा स्पेनिस टिमको जिम्मा सम्हाल्दै छन् । अर्जेन्टिनाले अब आउँदो सेप्टेम्बरमा मैत्रीपूर्ण खेलमा ग्वाटेमालाको सामना गर्नेछ ।

साम्पाओलीले सोमबार अर्जेन्टाइनी फुटबल एसोसिएसन, एएफएका अध्यक्ष क्लाउडिओ तापिए र उपाध्यक्ष ड्यानिएल एन्जेलिकीलाई भेटेका छन् । यो भेटले साम्पाओलीलाई २० वर्षमुनिको टिमको जिम्मा दिने सहमति भएको छ ।

एएफएले साम्पाओलीको भविष्यका बारेमा निर्णय गर्न जुलाईको अन्त्यमा थप छलफल गर्नेछ । चिलीका पूर्व प्रशिक्षक साम्पाओलीले सन् २०१७ को मे मा अर्जेन्टिनाको जिम्मा लिएका थिए ।

असार २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्