दाङको सिसहनियाँमा एनआइसी बैंकको शाखा

दाङ–दाङ राप्ती गाउँपालिका ५ सिसहनियाँमा एनआइसी बै‌कले नयाँ शाखा बिस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल बिस्तारको क्रममा सिसहनियाँ बजारमा शाखा संचालनमा ल्याएको हो ।

यो समेत गरी बैंकको कुल शाखा संख्या २ सय २५ पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका विच राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी संयुक्त रुपमा रिवन काटेर बैंकको उद्घाटन गरेका हुुन् ।

बै‌ंक उद्घाटन कार्यक्रममा बोल्दै बैंकका क्षेत्रिय प्रमुख तिमिल्सीनाले सेवाग्राहीको माग अनुसार नमुना बैंक बनाउने बताए ।

निक्षेप कर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्तदुरुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बैंकले जानकारी दिएको छ ।

असार २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्