डा. केसीको स्वास्थ्य र चिकित्सा शिक्षा विधेयकबारे राष्ट्रियसभामा छलफल हुँदै

काठमाडौै – जुम्लामा अनशरत डा. गोविन्द केसीको स्वास्थ्य र राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे मंगलबार राष्ट्रियसभामा छलफल हुँदैछ ।

सांसद राधेश्याम अधिकारीको प्रस्ताव तथा अनिता देवकोटा र रमेश जंग रायमाझीको समर्थन दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुन लागेको हो ।

‘जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य शिक्षा र सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन जारी भएको अध्यादेश अनुरुप नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” तत्काल सदन समक्ष प्रस्तुत गर्न र अनसनरत्डा. गोविन्द के.सी.को स्वास्थ्य उपचारको उचित व्यवस्था गरी जीवन रक्षा गर्न सरकारले आवश्यक कार्य गरोस्’ भन्ने शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

सोमबार प्रतिनिधिसभामा कांग्रेस सांसद दीलेन्द्रप्रसाद बडूको प्रस्तावमा यही विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा प्रतिपक्षी कांग्रेस सांसदले अध्यादेशअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्ने र गोविन्द केसीले उठाएका माग पूरा गर्दैै उनको जीवन रक्षा गर्न माग गरेका थिए भने सत्ता पक्षीय सांसदहरुले केसीको आलोचना गरेका थिए । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

असार २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्