सुनुवाई समितिको पहिलो बैठकले कार्यविधि बनाउन उपसमिति बनायो

काठमाडौं – संसदीय सुनुवाई समितिको पहिलो बैठकले समितिको कार्यविधि बनाउन उपसमिति गठन गरेको छ ।

सोमाबार गठन भएको समितिको पहिलो बैठक मंगलबार बिहान बसेर कार्यविधि तय गर्न तीन सदस्यीय उपसमिति गठन गरेको हो ।

समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बसेको बैठकले योगेश भट्टराई, पुष्‍पा भुषाल र शिवकुमार मण्डल सम्मिलित उपसमिति बनाएको हो । समितिलाई बिहीबारसम्म समय दिइएको छ ।

सुनुवाइ समितिको अर्को बैठक बिहीबार बिहान बोलाइएको छ । समिति गठन नहुँदा प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको सुनुवाई प्रक्रिया रोकिएको छ ।

असार २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्