नेकपाभित्र संगठनको संख्या बढाउनु पर्ने चर्को दबाब

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वलाई भित्र स्थानीय, प्रादेशिक र जनवर्गिय संगठनको संख्या धेरै बनाउनु पर्ने भन्दै चर्को दबाब परेको छ।

पार्टीको विधान र नियमावली टुंगो नलाग्दा स्थानीय, प्रादेशिक र जनवर्गिय संगठन गठनमा ढिलाई भइरहेको बेला पार्टीका नेताहरुले ती संगठनको संख्या धेरै बनाउनु र सबैलाई समेट्नु पर्ने दबाब नेतृत्वलाई दिएका छन्।

उक्त मागलाई कसरी संवोधन गर्ने भन्ने विषयलाई लिएर मंगलबारको पार्टी सचिवलायको बैठकमा लामो छलफल भएको छ।

बालुवाटारमा बसेको सचिवालयको बैठकमा विधान र नियमावलीलजे अन्तिमरुप पाउने बताइएपनि संख्या कति बढाउने भन्नेमा शीर्ष नेता सहमत हुन नसकेपछि बुधबार बिहान फेरि बैठक डाकिएको छ।

पार्टीका प्रवक्त नाराकाजी श्रेष्ठका अनुसार बैठकमा नेता बामदेव गौतम, रामबहादुर थापा बादल र विष्णु पौडेल रहेको कार्यदलले सुझावसहित प्रस्तुत गरेको नियमावली र विधान परिमार्जनबारे छलफल भएको छ ।

श्रेष्ठले बुधबार संभवत नेताहरुबीच सहमति जुट्ने र अन्तरिम विधान र नियमावली प्रकाशनका लागि पठाउने तयारी गरिएको बताए।

पार्टीमा नियमावली भन्दा विधानबारे कतिपय नेताको चर्को असन्तुष्टि जनाएका छन् ।

खासगरी विधानले अनुशासन आयोगलाई अधिकार बिहीन बनाएको भन्दै अमृत बोहोरा, अमिक शेरचन लगायत एक दर्जन नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन्।

उनीहरुले आफुहरुलाई आमन्त्रित सदस्यबाट पदेनय सदस्य बनाएर अपमान गरेको भन्दै पार्टी नेतृत्वसँग आपत्ती जनाउँदै आएका छन्।

अन्य नेताहरुले भने स्थानीय, प्रादेशिक र जवर्गिय संगठनको संख्या बढाउनु पर्ने लगायत माग राखेका छन्।

असार २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्