सिंहदरबारमा धर्ना बसेका कृष्ण पहाडीसहित २५ पक्राउ

‘यो सरकार कस्तो, श्री ३ जस्तो’

सरकारले गरेका स्वतन्त्रता विरोधि निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागीहरु। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौँ- सरकारले गरेका स्वतन्त्रता विरोधि निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरेको धर्नाबाट प्रहरीले २५ जनालाई  पक्राउ गरेको छ।

दिउँसो १ बजे सिंहदरबारमा धर्ना बसेलगत्तै प्रहरीले समाजकाडी, सभाप संस्थापक सभापति कृष्ण पहाडी, डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, प्रताप पौडेल,  उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल लगायत २५ जनालाई गिरफ्तार गरको हो।

उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। धर्नामा स्वतन्त्रता विरोधी निर्णय खारेज गर, यो सरकार कस्तो, श्री ३ जस्तो, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधीलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

यसअघि नेपाल विद्यार्थी संघले सरकारले  माइतीघर मण्डलालाई निषेधित क्षेत्र गरेको घोषणा गरेको भन्‍दै प्रदर्शन गर्दै आएका थिए। उसले ओली सरकारले डा. गोविन्द केसी र चिकित्सा शिक्षा विधेयकलाई मनोमानी गर्न खोजेको आरोप लगाउँदै आएका थिए।

असार २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्