तीन तले भवनको प्रधानमन्त्री ओली र राजदूत पुरीद्वारा उद्‌घाटन

भारतको सहयोगमा प्रज्ञा प्रतिष्ठानमा ‘डिजिटल पुस्तकालय’

काठमाडौँ-भारतको सहयोगमा बनेको नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवन उद्घाटन भएको छ। प्रधानमन्त्री के.पी शर्मा ओलि र नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीले नेपाल पज्ञा प्रतिष्ठानको तीन तले भवन उद्घाटन गरेका हुन्।

पुस्तकालय भवनले भारत र नेपालका अनुसन्धानकर्ता तथा प्राज्ञहरुलाई खोज र सन्दर्भ सम्बन्धि सुविधा प्रदान गर्नेछ । पुस्तक प्रकाशनका लागि पुस्तकालयमा अफसेटप्रेसको सुविधा हुनेछ।

नेपाल प्रज्ञा प्रतिष्ठानले उक्त पुस्तकालयलाई डिजिटल पुस्तकालयको रुपमा विकास गर्ने योजना लिएको छ । पुस्तकालयले भारत र नेपालबीचको मैत्री सम्बन्धलाई सुदृढ गर्ने मात्र नभई दुवै देशका कलाकार तथा प्राज्ञहरुबीच दरिलो सम्बध विकास गर्न पनि मद्दत गर्नेछ । यो भवनको निर्माण लागत ४ करोड ३९ लाख रहेको छ।

भारत सरकारले काठमाडौँमा यो भन्दा अगाडि अरु पनि आयोजनाहरु सम्पन्न गरेको छ। जसमा विद्यालय, पुस्तकालय, अस्पताल तथा अन्य स्वास्थ्य सुविधाहरु, आर्ट ग्यालरी, खाद्यल्याव र महिला तथा छात्राहरुका लागि छात्रावास भवन र सामुदायिक केन्द्रहरु पर्दछन् ।

१९५७ मा स्थापित नेपाल प्रज्ञाप्रतिष्ठान नेपाल सरकारको स्वामित्व भएको संस्था हो। यो भारत साहित्य एकेडेमीको समकक्षी रहेको छ ।

असार २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्