टिपरले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका युवकको मृत्यु

काठमाडौँ- राजधानीको जडिबुटीमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका १८ वर्षीय युवकको ज्यान गएको छ।

भक्तपुर बस्ने १८ वर्षीय रोयल सुवेदीको दुर्घटनामा ज्यान गएको हो। भक्तपुरबाट कोटेश्वर आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको टिपरले बा ८५ प ७१६ नम्बरको मोटरसाइकललार्इ मंगलबार दिउँसो ठक्कर दिँदा रोयलको ज्यान गएको हो।

ठक्करबाट मोटरसाइकलको पछाडि बसेका सुवेदी र मोटरसाइकल चालक अमन ढुंगेल सडकमा बजारिएका थिए। तत्कालै प्रहरीले सुवेदीलाई शिक्षण अस्पताल पुर्‍याए पनि उनको मृत्यु भएको जानकारी ट्राफिक प्रहरीले दिएको छ।

घाइते ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

असार २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्