डा.गोविन्द केसी र चिकित्सा शिक्षा विधेयकबारे राष्ट्रियसभामा छलफल जारी (लाइभ)

डा.गोविन्द केसी र चिकित्सा शिक्षा विधेयकबारे राष्ट्रियसभामा छलफल जारी (लाइभ)

काठमाडौं- जुम्लामा अनशरत डा. गोविन्द केसीको स्वास्थ्य र राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे मंगलबार राष्ट्रियसभामा छलफल जारी छ।

सांसद राधेश्याम अधिकारीको प्रस्ताव तथा अनिता देवकोटा र रमेश जंग रायमाझीको समर्थन दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भइरहेको छ।

‘जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य शिक्षा र सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन जारी भएको अध्यादेश अनुरुप नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” तत्काल सदन समक्ष प्रस्तुत गर्न र अनसनरत्डा. गोविन्द के.सी.को स्वास्थ्य उपचारको उचित व्यवस्था गरी जीवन रक्षा गर्न सरकारले आवश्यक कार्य गरोस्’ भन्ने शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ।

सोमबार प्रतिनिधिसभामा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको प्रस्तावमा यही विषयमा छलफल भएको थियो।

छलफलका क्रममा प्रतिपक्षी कांग्रेस सांसदले अध्यादेशअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्ने र गोविन्द केसीले उठाएका माग पूरा गर्दैै उनको जीवन रक्षा गर्न माग गरेका थिए भने सत्ता पक्षीय सांसदहरुले केसीको आलोचना गरेका थिए।

असार २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्